तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सदस्य पदमा लागि भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २२० मत खसे

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सदस्य पदमा लागि भएको निर्वाचनमा २२० मत खसेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजको निर्वाचनमा ४९ जना प्रदेश सभा सदस्य र १७१ जना स्थानीय तहका जनप्रतिनिधिले मतदानमा भाग लिएका छन् । निर्वाचनमा २ जना प्रदेश सभा सदस्य २ जना स्थानीय तहका जनप्रतिनिधि गरी चार जना मतदाता अनुपस्थित रहेका छन् । मतगणना केहीबेरबाट शुरु गर्ने तयारी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा  राष्ट्रिय सभा सदस्य २ पदका लागि निर्वाचन भएको हो । यहाँ नेपाली काँग्रेसका खम्म बहादुर खाती र नेकपा एमालेका लीला कुमारी भण्डारी तथा  नेपाली कम्युनिष्ट पार्टीका टिकाराम जैशीले (अन्य)र  रोजी बस्नेत सुनार (महिला) तर्फ उम्मेदवार रहनु भएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका बिच चुनावी गठबन्धन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button