राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता
सिरहा । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एकमात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग आज लहानस्थित रासस कार्यालयमा भएको भेटमा नगरप्रमुख चौधरीले राससको जीर्ण भवनको स्तरोन्नतिका निम्ति बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले समाचार सम्प्रेषणमा राससले निर्वाह गरेको भूमिकाको सराहना गर्दै राससजस्ता राज्यका निकायहरूको संरक्षण र विकासमा नगरपालिकाले हरसम्भव सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यकारी अध्यक्ष झाले रासस राज्यको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी राससको लहान कार्यालयको पर्खाल निर्माणका साथै भवनको स्तरोन्नति गरिदिएकामा नगरप्रमुख चौधरीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न रासस तयार छ भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्