तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको साहुखर्क लगायतका क्षेत्रमा हिमपात,यात्रुलाई सास्ती

डडेल्धुरा। डडेल्धुराको साहुखर्क लगायतका क्षेत्रमा हिमपात भएकाे छ ।

जील्लाकाे भीमदत्त राजमार्गस्थीत हगुल्टे,साहुखर्क,गैरा लगायतको सडकखण्डमा गएराती परेको हिमपातका कारण यात्रुहरूलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ ।

डडेल्धुराको भाँतकाडा,साहुखर्क हगुल्टे लगायतका आसपासका क्षेत्रहरूमा बाक्लो हिमपात जमेपछि सवारी साधनहरू सञ्चालनमा समस्या हुने गरेको सवारी चालक तुलबहादुर भण्डारी जानकारी दिनुभयो । डडेल्धुरा सदरमुकाममा पनि फ्याटफुटट हिमपात परेको भएपनि बिहान सम्म हिउँ पग्ली सकेको थियो । 

 उता जयपृथ्बी राजमार्ग अन्तर्गत अनारखोली,खोडपे,सतबाज र ढोल्यामोडमा हिमपात भएको छ । उक्त क्षेत्रमा परेको हिमपातलाई सुरक्षाकर्मीहरूको सहयोगले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढ्नथालेपछि डडेल्धुराको जनजीवन निकै कष्टकर बनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button