टाइगर कप भलिबल : पहिलो खेलमा एपीएफको रोमाञ्चक जित
काठमाडौँ । विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ रोमाञ्चक जित हात पारेको छ ।
पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफले घरेलु टोली गण्डकी भलिबल सङ्घलाई ३–१ को सेटमा पाखा लगाएको हो । योसँगै टोलीले ३ अंक जोडेको छ ।
टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबले पनि टाइगर कपमा विजयी सुरुवात गरेको छ ।
महिलातर्फको पहिलो खेलमा न्यु डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा हराएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पुरुषतर्फको खेलमा आर्मीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । प्रतियोगिताको महिलातर्फ ५ र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फ न्यु डायमन्ड, आर्मी नेपाल पुलिस क्लब, एपिएफ र थाइल्याण्ड क्विन्स छन् ।
पुरुषतर्फ पनि ३ विभाग पुलिस, आर्मी, एपिएफसहित गण्डकी प्रदेश, पर्वत जिल्ला र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्