दुई दिने वसन्त शास्त्रीय सङ्गीत महोत्सव सुरु
काठमाडौँ । सांस्कृतिक संस्थानले सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीको अवसर पारेर दुई दिने वसन्त शास्त्रीय सङ्गीत महोत्सव सुरु गरेको छ ।
कार्यक्रममा सरस्वतीको स्तुति गान र महत्वका विषयका विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका छन् ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थानका महाप्रबन्धक किरणबाबु पुनले जुन रूपमा नेपाली संस्कृतिको चिन्तन हुनुपर्थ्यो, त्यो हुन नसकेकाले त्यसतर्फ ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको बताउनुभयो । संस्थानले राष्ट्रिय अस्तित्वको प्रवर्द्धन गर्ने उहाँको भनाइ थियो ।
संस्कृति र कलालाई अभिव्यक्त गर्ने संरचना संस्थानमा स्थापना भएको जानकारी गराइएको छ । हालै स्थापना भएको स्टुडियोमार्फत त्यो काम गरिने महाप्रबन्धक पुनले जानकारी दिनुभयो । सरस्वतीको स्तुति र महत्त्व झल्काउने सांस्कृतिक प्रस्तुति शुक्रवार पनि निरन्तरता दिइने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्