बैतडीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, ३ घाइते
बैतडी। बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्रयाक्टर आज बिहान ९:३० बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ३ जना घाइते भएका घटनास्थलमा रहनुभएका खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिनुभयो ।
मृतक र घाइतेहरूको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो ।”भर्खरै उद्धारको काम गर्यौ, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौँ, सबै विवरण खुल्न बाकी छ।” प्रहरी इन्चार्ज खडायतले भन्नुभयो ।
ट्रयाक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्