तपाईँ सुन्दै हुनुहुन्छः

मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

तानसेन (पाल्पा) । यहाँको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मलामी बोकेको लु१च ६९८५ नम्बरको बोलेरो जिप आज दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट–१ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुल्मीको रिडी–खज्र्याङ सडक खण्डस्थित खोल्टेपानीमा जिप दुर्घटना भएको हो । कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । गाडी सडकदेखि करिब १० मिटर तल खसेको छ । शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button