तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १० जनाको उम्मेदवारी दर्ता, एक स्वतन्त्रसहित

जुम्ला ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगको निर्धारित कार्यतालिका अनुसार उनीहरूले आफ्नो दर्ता प्रक्रिया पूरा गरेका हुन्।

नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत, र राप्रपाबाट ज्ञान बहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै नेमकिपाबाट बिर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल, नेजपाबाट रनिल विक्रम शाही, नेकपा (माओवादी)बाट बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार तातोपानी–३ का भक्त बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्, जुम्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button