तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा १३ जनाको उम्मेदवारी मनोनयन 

डडेल्धुरा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा राजनीतिक दलबाट र स्वतन्त्र गरि १३ जना को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले जानकारी दिएको छ । 

आज बिहान १० बजे देखि ५ बजे सम्म भएको उम्मेदवारी दर्तामा नेकपा एमालेबाट पूर्व राष्ट्रिय सभा सदस्य चक्र प्रसाद स्नेही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तारा प्रसाद जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट मान सिंह माल, नेपाली काँग्रेसबाट नैनसिंह महर, आम जनता पार्टीबाट खडक बहादुर ठकुराठी, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव बि.क., राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर, जय मातृभूमि पार्टीबाट लक्ष्मी दत्त भट्टको उम्मेदवारी परेको हो । 

यसैगरी स्वतन्त्रबाट तीर्थराज उप्रेती, गौरव बहादुर ऐर र सुरेन्द्रविक्रम रावलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिनुभयो । 

जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button