इलाममा २७ जनाको उम्मेदवारी दर्ता
इलाम । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि इलाममा २७ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचनको लागि इलाम क्षेत्र नं. १ मा १३ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । मजदुर किसान पार्टीको तर्फबाट तुलसी केशरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्वाला नेपाल र मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट बुद्ध लाल मेचेले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी उज्यालो नेपाल पार्टीको तर्फबाट हरि बहादुर गुरुङ, श्रम संस्कृति पार्टीको तर्फबाट विनोद नेम्बाङ्ग लिम्बु, ने.क.पा. एमाले पार्टीको तर्फबाट काजीमान कागते, नेपाली काँग्रेस पार्टीको तर्फबाट निष्कल राई, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विमल गदालले मनोनयन पत्र दर्ता गराएका हुन् । इलाम १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रण बहादुर राई, नेपाल जनमुक्ति पार्टीको तर्फबाट डम्बर सिंह लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाट नारदमणि साङपाङ, जनता समाजवादी पार्टीको तर्फबाट लिला बहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राम प्रसाद लिम्बुले उम्मेदवारी मनोनयन गरेका छन् ।
इलाम क्षेत्र नं. २ मा १४ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर योङहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश प्रसाद दुलाल, मंगोल नेशनल अर्गनाईजेसनबाट श्याम बहादुर लिम्बु, श्रम संस्कृति पार्टीबाट सुदिप राईले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टी दिवस राई, नेकपा (माओवादी) बाट होम खतिवडा, नेकपा एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बु तुम्बाहाम्फे, जनता समाजवादी पार्टीबाट बलबहादुर आङदेम्बे, नेपाली काँग्रेसबाट भेषराज आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओम गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादर सिंह लिङदेन लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोकुल राई र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवार मनोनयन गरेका हुन ।








प्रतिक्रिया राख्नुहोस्