काँग्रेसका नेता निधि र एमालेका उप–महासचिव महासेठद्वारा उम्मेदवारी दर्ता
जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नंं ३ वाट नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति गगन थापाको हस्ताक्षरमा प्राप्त गर्नुभएको टिकटको आधारमा निधिले उम्मेदवारी दर्ता गराउनुभएको हो । विगतमा विशेष महाधिवेशनको विपक्षमा रहनुभएका निधिले आफूले पार्टीको सिफारिसमा उम्मेदवार बन्नुभएको जानकारी दिनुभएको हो ।
महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मधेश प्रदेशका प्रदेश सभा सदस्य रामसरोज यादवको प्रस्तावक तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको समर्थनमा निधिले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले पत्रकारहरूसँग कुरा गर्दै काँग्रेस नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफू २ सय प्रतिशतले निर्वाचित हुने दाबी गर्नुभयो । सोही क्षेत्रबाट पूर्व मन्त्री एवं एमालेका नेतृ जुली कुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नंं ४ वाट नेकपा एमालेका उप–महासचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सोही क्षेत्रबाट काँग्रेसका नेता एवं पूर्वमन्त्री महेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्