काँग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा बहस सम्पन्न
काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा बहस सकिएको छ।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा आज न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुरु भएको बहस सकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
आज निवेदकको पक्षबाट पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, रमेश बडाल, कामना खाती लगायतले बहस गर्नुभएका थियो ।
निवर्तमान सभापति देउवा समूहले सर्वोच्च अदालतमा माघ ४ गते दायर गरेको रिटमा महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भङ्ग गर्नुपर्ने पहिलो माग रहेको थियो भने प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन रोक्नु पर्ने र यदि मनोनयन भइसकेको भए स्थगित गरेर मनोनयनका लागि अर्को मिति घोषणा गर्नु पर्ने तथा गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय बदर गर्नुपर्ने लगायतका माग रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्