सञ्चार मन्त्री खरेलको बिदाई
‘आफ्ना अनुभवहरूलाई देश र जनताको हितमा कार्यान्वयन गर्छु’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलको आज एक कार्यक्रमका बीच बिदाई गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुने निश्चित भएपछि आज पदबाट राजीनामा दिनुभएसँगै मन्त्रालयले बिदाइ गरेको हो ।

विदाई कार्यक्रममा सञ्चार मन्त्री खरेलले आफ्नो कार्यकालमा महत्वपूर्ण कार्यहरू भएको भन्नुहुँदै हासिल गरेको ज्ञान, अनुभवहरूलाई देश र जनताको हितमा कार्यान्वयन गर्ने बताउनुभयो ।
सञ्चार मन्त्री खरेलले आगामी दिनमा जेनजी आन्दोलनको मर्मअनुरूप लोकतन्त्र, राष्ट्र र सुशासन प्रवर्द्धनमा राजनीतिकर्मीको रुपमा क्रियाशील रहने पनि बताउनुभयो ।
सञ्चार मन्त्री खरेलले आफ्नो कार्यकालमा कुनै अप्रिय अनुभव गर्न नपरेको उल्लेख गर्नुहुँदै देश निर्माणमा कर्मचारी र राजनीतिकर्मी दुवैको साथ, सहयोग र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका निमित्त सचिव उदय रानाले मन्त्री खरेलको कार्यकाल सुखद रहेको बताउनुहुँदै आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्