तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो हार

काठमाडौँ । नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपाललाई बङ्गलादेशले ३–० ले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो हार हो । नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ को बराबरी खेलेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको नेपालले तेस्रो खेलमा भारतसँग ८–१ को फराकिलो हार बेहोरेको थियो । 

बङ्गलादेशको भने यो दोस्रो जित हो । पहिलो खेलमा भारतलाई ३–१ ले हराएको बङ्गलादेशले दोस्रो खेलमा भुटानसँग ३–३ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button