तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा निर्वाचनको तयारी पूरा,आचारसंहिताको पूर्ण पालना गर्न आग्रह

बैतडी। बैतडीमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ।

मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको  सर्वपक्षीय बैठकमा मुख्य निर्वाचन अधिकृत भट्टले भोलि हुने मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको बताउनुभएको हो ।

उहाँले सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग निर्वाचनलाई सव्य र भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सहयोगको अपिल गर्नुभएको छ ।

सबै दलका प्रमुख एवं प्रतिनिधिहरूलाई निर्वाचन आयोगले पालना जारी गरेको आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

यसै गरी निर्वाचन कार्यालय बैतडीले पनि निर्वाचनको तयारी पूरा गरेको  जनाएको छ । निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।  

सर्वदलीय छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button