मन्त्री गुप्ताद्वारा राजीनामा
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको छु,” उहाँले भन्नुभयो, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।”
जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्