तपाईँ सुन्दै हुनुहुन्छः

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ ।  आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै  मेलम्चीले उपाधि जितेको हो । 

मेलम्चीले  उपाधिसँगै नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद रु ७५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार रु २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button