रौतहटमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते
रौतहट।रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को सिमानामा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने कछुअवा पुलबाट बिहीबार साँझ साढे ५ बजे अनियन्त्रित भएको बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दुर्घटनामा भारतको शिवहर जिल्ला, पिपडारी थाना अन्तर्गत मोहनपुर वडा–६ निवासी २८ वर्षीय मिन्टु पासवानको मृत्यु भएको छ भने २६ वर्षीय रमेश पासवान गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार मोटरसाइकल तीव्र गतिमा चलाइएको र झोलाभित्र भेटिएको ‘गोल्डेन ओके’ नामक मदिरा अत्यधिक सेवन गर्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
गम्भीर घाइते रमेश पासवानलाई प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचार पछि बाराको एलएस न्यूरो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्