रौतहटमा पुस महिनामा ८३ वटा अपराधका घटना दर्ता
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पुस महिनामा जिल्लाभर सम्पन्न भएका सुरक्षा गतिविधि तथा अपराध नियन्त्रणसम्बन्धी विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सो अवधिमा विभिन्न प्रकृतिका ८३ वटा अपराधका घटना दर्ता भएका छन्।

प्रेस विज्ञप्तिअनुसार दर्ता भएका अपराधमध्ये सङ्गठित तथा आर्थिक अपराध २६ वटा र सामाजिक अपराध १८ वटा रहेका छन्, जुन तुलनात्मक रूपमा उच्च देखिएको छ। त्यसैगरी ज्यानसम्बन्धी ५, आत्महत्या ७, चोरीसम्बन्धी ४, मादक पदार्थ तथा लागूऔषध सम्बन्धी ५, सवारी ज्यानसम्बन्धी ६ तथा अन्य १२ वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरीले पुष महिनामा भएका जघन्य तथा गम्भीर अपराधतर्फ पनि ध्यानाकर्षण गराएको छ। विवरणअनुसार कर्तव्य ज्यान १, मानव बेचबिखन १, डकैती तथा कुटपिट २२, जुवातास १, ठगी २ लगायतका मुद्दा दर्ता भई कुल २७ वटा गम्भीर अपराधका घटना अभिलेख भएका छन् ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटमा चालु रहेका मुद्दा प्रतिवादी पक्राउ सङ्ख्या ६२ जना रहेको प्रहरीले जनाएको छ। सार्वजनिक चासोका पेन्डिङ मुद्दा भने पुस महिनामा कुनै पनि दर्ता नभएको र फर्छ्यौट पनि शून्य रहेको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्