जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
जनकपुरधाम । जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको साहित्य, कला र नाट्य महोत्सव आयोजना हुने भएको छ ।

मैथिली भाषा, साहित्य र संस्कृतिलाई विश्वमाझ थप चिनाउने उद्देश्यसहित “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” हुने भएको हो ।
महोत्सव फागुन ५ देखि ८ गतेसम्म जनकपुरधाम नंं ८ सीताकुण्डस्थित मैथिली विकास कोषको मैथिली भवनमा आयोजना हुने छ । कार्यक्रममा नेपाल, भारतसहित अन्य देशका नाट्य समूह, साहित्यकार र कलाकारको सहभागिता रहने आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।
महोत्सव अन्तर्गत नाटक मञ्चन, साहित्यिक संवाद, कला प्रदर्शनी, कविता वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने मैथिली विकास कोषले जनाएको छ । अन्तर्राष्ट्रिय कलाकारको सहभागिताले जनकपुरधामलाई विश्व रङ्गमञ्चसँग जोड्ने अवसर मिल्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्