तपाईँ सुन्दै हुनुहुन्छः

‘थापा समूहले बोलाएको विशेष महाधिवेशन काँग्रेसको विधान विपरीत’

काठमाडौँ । नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा समूहले बोलाएको विशेष महाधिवेशन पार्टीको विधान विपरीत रहेको बताउनुभएको छ ।

फाइल तस्बिर

कार्यवाहक सभापति खड्काले आज नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय विपरीत गरिएको विशेष महाधिवेशन र त्यसले गरेका निर्णयहरू वैध नहुने बताउनुभयो । 

कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको मिति निर्धारण गरी प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा पार्टीको औपचारिक निर्णय विना गरिएको विशेष महाधिवेशनको भेलालाई निर्वाचन आयोगले वैधता दिएमा आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । 

पार्टीभित्र सहमति जुटाउन आफूहरूको तर्फबाट हदैसम्मको प्रयास भएको उल्लेख गर्नुहुँदै कार्यवाहक सभापति खड्काले स्थापित राजनीतिक दलको काँधमा संविधानको रक्षा गर्ने दायित्व रहेको बेला पार्टीभित्रबाटै भएको अनुशासन विपरितको गतिविधि सङ्कटलाई थप गहिरो बनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button