तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षक कार्कीद्वारा विपन्न दलित समुदायका १८४ जनालाई कम्बल वितरण 

बीरगंज। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पर्साको पोखरियामा अति विपन्न दलित र अन्य समुदायका १८४ जनालाई कम्बल वितरण गर्नुभएको छ।

जनकपुर हुँदै वीरगन्ज आउनुभएका प्रहरी महानिरीक्षक कार्कीले  पोखरिया नगरपालिका बडानम्बर–४ स्थित जिल्ला उचांगल रामदेव प्रसाद कलवार माविमा आयोजित कार्यक्रममा अति विपन्न दलित र अन्य समुदायका १८४ जनालाई कम्बल वितरण गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष नविना कार्की,मधेस प्रदेशका डिआईजी गोविन्द थपलिया,पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायतको उपस्थिति  रहेको थियो ।

त्यस लगतै जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्नुभएका आईजीपी कार्कीले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा कायम,अवैध निकासी पैठारी नियन्त्रण,लागूऔषधको ओसारपसार नियन्त्रण लगायतका विषयमा निर्देशन दिनुभयो 

बाहाँले मुलुक निर्वाचनमा होमिईसकेको हुँदा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने दायित्व नेपाल प्रहरीको काँधमा आएको बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button