तपाईँ सुन्दै हुनुहुन्छः

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक

सभापति गगनकुमार थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन 

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समिति आज बसेको पहिलो बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ ।

ललितपुरको कुपण्डोलमा बसेको बैठक आगामी निर्वाचनका लागि पार्टीको घोषणा पत्र लेखन समिति बनाएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका अभिलेखहरू अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button