हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
सिड्नी। हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सहभागीहरूलाई निम्न ९०–५ घण्टा प्रति हप्ता० मध्यम ९५–१० घण्टा० र उच्च ९१० घण्टा भन्दा० बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो ।
शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरूमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घण्टा भन्दा बढी भिडियो गेम खेल खेल्नेहरूमा आहार,निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् ।
हप्तामा दश घण्टा भन्दा बढी तथा अत्यधिक भिडियो गेम युवाहरूको लागि हानिकारक भएको कर्टिन स्कुल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताउनु भएको छ ।
“विद्यार्थीहरूले हप्तामा १० घण्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउँदै सिर्भोले १०–घण्टाको सीमाभन्दा बढी खेल्नेहरूमा स्पष्ट भिन्नताहरू देखा परेको बताउनु भएको छ ।
हप्तामा १० घण्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरूमा सामान्य भएको अध्ययनले देखाएको छ ।
सबै अध्ययन समूहहरूले धेरै गेम खेल्नेहरूमा सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घण्टा भन्दा बढी खेल्नेहरूमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् ।
अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिँदै राती अबेर सम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ । रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्