चितवनमा एग्रीटेक एक्स्पो हुँदै
चितवन । चितवनमा कृषि प्रविधिको प्रदर्शन तथा उत्पादनको प्रवर्द्धन गर्न नेपाल एग्रीटेक एक्स्पो हुने भएको छ ।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो ।
आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागितामा एक्स्पो गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू रहनेछन् । हालसम्म स्टलहरू बुकिङ भइसकेको र तयारी अन्तिम चरणमा रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्