तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.सिंह नियुक्त 

जनकपुरधाम । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त हुनु भएको छ । 

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो । 

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १४ का सिंह मधेस प्रदेशका चौथो मुख्यन्यायाधिवक्ता बन्नु भएको छ । 

तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले नियुक्त गर्नु भएका तत्कालीन मुख्यन्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले बर्खास्त गर्नु भएको थियो ।

गत मङ्सिर २१ मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता महतोलाई पदमुक्त गरेका गर्नु भएको थियो । केही समय देखि मुख्य न्यायाधिवक्ताको पद खाली रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button