तपाईँ सुन्दै हुनुहुन्छः

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

???????? ????? ??????????? ???? ???? ????????, ?? ???? ?????? ???????? ????? ????????? ???????? ???????? ?????????? ????????????? ???? ????? ??????????? ?????? ????? ???? ?????? ????????? ? ??????? ?????? ????????????

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।

नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पार्नुभयो । 

महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैमा विद्रोह भएको धारणा राख्नुभयो । “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले पार्टीभित्र गुट भन्दापनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गर्नुभयो । “अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईँहरू पनि नलाग्नुस्”, उहाँले भन्नुभयो,“यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ । बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ ।”

महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुङ्ग्याउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button