इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको सूचना
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित धनीहरूलाई सूचना जारी गरेको छ ।

फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सूचनाअनुसार सर्लाही जिल्लाभित्र इजाजत प्राप्त हातहतियार धनी सबै व्यक्तिहरूले आफूसँग रहेका हातहतियारहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउनुपर्ने छ । प्रशासनले बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता प्रदान गर्ने गरी सुरक्षित रूपमा राखिने स्पष्ट पारेको छ । सूचनालाई अटेर गरेमा प्रचलित कानून बमोजिम हातहतियार जफत गरी कानूनी कारबाही अगाडि बढाइने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्