मन्त्री गुप्ताद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण
बाँके । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालगन्ज रंगशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री गुप्ताले मङ्गलवार रङ्गशालासहित स्विमिङ पुल, कभर्ड हल, सुटिङ रेन्ज लगायत विभिन्न खेलकुद संरचनाको अवलोकन गर्नुभयो ।

निरीक्षणका क्रममा मन्त्री गुप्ताले रङ्गशालामा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्दै खेलकुद गतिविधिलाई निरन्तरता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस अवसरमा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले नेपालगन्ज रङ्गशालामा विद्यमान विभिन्न समस्या, भौतिक पूर्वाधार सुधारको आवश्यकता तथा नयाँ संरचना निर्माणका विषयमा मन्त्री गुप्तालाई जानकारी गराउनुभएको थियो । करोडौँ लगानी भएका खेलकुद पूर्वाधारको संरक्षण तथा नियमित रेखदेखका लागि बजेट अभावका कारण समस्या उत्पन्न भएकोबारे प्रमुख चन्दले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्