तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ उच्च स्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । नेपालमा जेन– जी आन्दोलन पछि भू– राजनीतिक चलखेलको चर्चा भइरहेको बेला चिनियाँ उच्च स्तरीय टोली नेपाल आउन लागेको छ । जेन– जी आन्दोलनपछि पहिलो पटक चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया (नेपाली नाम सरला) नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । 

तीन दिने भ्रमणको लागि नेपाल आउन लागेको झेङ युया नेतृत्वको प्रतिनिधि मण्डल आगामी हप्ता काठमाडौँ आइपुग्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button