तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले  मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।

सञ्चार मन्त्री खरेलले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा बाजुराका रामबहादुर रावललाई नियुक्त गर्ने तथा इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो ।

यस्तै, म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने, वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिहरूलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button