काँग्रेसभित्र देखिएको विवाद समाधानको प्रयास जारी
'त्रिपक्षीय बैठक आज फेरि बस्ने तयारी'
काठमाडौँ । नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि आज बसेको त्रिपक्षीय बैठक दिउँसो फेरी बस्ने गरी टुङ्गिएको छ ।
पार्टीमा सहमति खोज्नका लागि बिहानैदेखि संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरू संवादमा जुटेका छन् ।
विशेष महाधिवेशनबाट उत्पन्न परिस्थित, पार्टी एकता कायम राख्ने, लगायतका विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
पहिलो चरणको बैठक सकारात्मक भएको र एजेन्डागत रूपमा दिउँसो फेरि बैठक बसी छलफल गर्ने निर्णय भएको बताइएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसेको सहभागिता रहेको थियो भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्