तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ । 

नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनबिचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याउनुभयो । कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button