विशेष महाधिवेशन मङ्गलवारसम्म लम्बिने
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्र मङ्गलवारसम्म लम्बिने भएको छ ।
काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्द सत्रमा सो जानकारी दिइएको हो ।
विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलवारको बन्द सत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिन सक्ने बताइएको छ ।
बन्द सत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्