तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

बैतडी। बैतडीमा जिप दुर्घटना भएको छ।

जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमैमृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको घटनास्थल रहनुभएका खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिह कठायतले जानकारी दिनुभयो ।

जिपमा करिब १० जनासम्म सवार रहेको बुझिएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेकाे बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button