लामिछाने आबद्ध राजशाही वारियर्स बीपीएलको दोस्रो स्थानमा
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को दोस्रो स्थानमा उक्लिएको छ । पाँचौँ जितसँगै दोस्रो स्थानमा उक्लिएको हो ।
सिल्हेट स्टेडियम आइतबार सम्पन्न खेलमा राजशाहीले रङपुर राइडर्सलाई ७ ले पराजित गर्यो । रङपुरले दिएको १७९ रनको लक्ष्य राजशालीले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
राजशाहीको जितमा मुहम्मद बसिमले अविजित ८७ रनको पारि खेले । नजमुल होसैन शान्तोले ७६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको रङ्गपुरका लागि तोहिद हृदायले ५६ बलमा अविजित ९७ रन बनाए पनि उनको टोली पराजित भएको छ । बलिङतर्फ सन्दीप लामिछाने १ विकेट लिए ।








प्रतिक्रिया राख्नुहोस्