तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल टिप्परभित्र छिर्दा चालकको मृत्यु 

चितवन । भरतपुर महानगरपालिका–२२, कुमियामा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन् ।

भरतपुरदेखि माडीतर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिप्पर अगाडिको भागमा छिर्दा मोटरसाइकल चालक माडी–२, भैरवपुर बस्ने ३५ वर्षीय सूर्यनारायण महतो गम्भीर घाइते भई भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तै, मोटरसाइकलपछाडि सवार माडी–३ बस्ने ३६ वर्षीय केशर महतो घाइते भएका छन् । उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पर र टिप्पर चालक भरतपुर–६, देवनगर बस्ने ३० वर्षीय दिनेश खत्री जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button