मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बीरगंज । वीरगञ्जस्थित परवानीपुर बाइपास सडक खण्डमा गएराति माल लोड गर्ने फोरक्लिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ ।
प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल लोड गर्ने फोरक्लिप सँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते युवकलाई तत्काल वीरगञ्जको गण्डक स्थित वीरगञ्ज हेल्थकेयर हस्पिटलमा उपचारका लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक युवकको शव हाल अस्पतालमै राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाउँदै बाक्लो हुस्सु लागेको बेला सवारी साधन सञ्चालनमा सावधानी अपनाउन सवारी चालकलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्