अग्रज सञ्चारकर्मी माइकल चन्दको निधन
काठमाडाैँ। अग्रज सञ्चारकर्मी माइकल चन्दको ७७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।
उहाँले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार सम्पादन, वाचक र कार्यक्रम सञ्चालकका रूपमा तीन दशक भन्दा बढी समय सेवा गर्नुभएको थियो ।
हरिशचन्दको नामले परिचित उहाँले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार र कार्यक्रमको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
उहाँको श्रीमती प्रथम नेपाली नायिका भुवन थापा चन्द हुनुहुन्छ भने उहाँका तीन छोरीहरू छन्।
स्वर्गीय चन्दको आइतबार अत्यष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको निधनप्रति रेडियो नेपाल परिवार दुःख व्यक्त गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्