तपाईँ सुन्दै हुनुहुन्छः

शिवनाथको गाउँसभा सम्पन्न, पाँच विधेयक पारित

बैतडी। शिवनाथ गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ।

बुधवार सम्पन्न भएको गाउँभाको १६औँ अधिवेशनले पाँच विधेयक पारित गरेको पालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

गाउँ सभा सञ्चालन तथा कार्य सञ्चालन विधेयक २०८२, गाउँपालिकाको लेखा समिति गठन तथा कार्य सञ्चालन विधेयक २०८२, बालअधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र बेरुजु फर्स्योट विधेयक २०८२ पारित गरेको उहाँले बताउनुभयो ।

यस्तै अधिवेशनले यसअघि कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णय पारित गर्दै केही योजनासमेत संशोधन गरेको सभाका सदस्य–सचिव एव प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button