तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा २ लाख ३१ हजारभन्दा बढी मतदाता, पाँच नयाँ मतदान केन्द्र थप

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता दर्ता भएका छन्।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार यसमध्ये एक लाख १२ हजार १५८ महिला, एक लाख १९ हजार ६४८ पुरुष र अन्य तीन मतदाता छन्। निर्वाचनका लागि जिल्लाभर १५० मतदान स्थल र २९० मतदान केन्द्र निर्धारण गरिएको छ। यसपटक गत निर्वाचनको तुलनामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन्।

निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार नयाँ मतदान केन्द्रहरू सूर्योदय–१२ करफोक माध्यमिक विद्यालय, इलाम–८ विद्या सिर्जनात्मक माध्यमिक विद्यालय, चुलाचुली–२ जनता माध्यमिक विद्यालय, देउमाई नगरपालिकाको डम्बरदेवी माध्यमिक विद्यालय र माईजोगमाई–५ सिरिसे माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।

निर्वाचन तयारीको क्रममा अस्थायी मतदाताको नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको छ। यस अन्तर्गत कैदीबन्दी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निर्वाचनमा खटिने कर्मचारीहरूको विवरण सङ्कलन भइरहेको लिम्बूले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button