सुशासनयुक्त प्रदेश बनाउन योजनाका काम ठेक्का मार्फत् : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशलाई सुशासनयुक्त प्रदेश बनाउनका लागि प्रदेश सरकारले योजनाहरूको काम ठेक्का मार्फत गर्ने गरि काम बढाएको बताउनुभएको छ ।

आफ्नै निवासमा रेडियो नेपाल तथा राष्ट्रिय समाचार समितिका मधेश प्रदेशका प्रतिनिधिसँग कुरा गर्दै उहाँले ठेक्का प्रक्रियाद्वारा विकासका काम गर्दा जनगुनासो घट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले २५ लाखसम्मको योजनाका विषयमा मन्त्रीपरिषद्को चाँडै बस्ने बैठकले आवश्यक निर्णय लिने बताउनुभयो ।
यसका साथै मधेश प्रदेशमा कुन कुन ठाउँमा सुधार गर्दा सुशासनयुक्त प्रदेश बनाउन सकिन्छ त्यस विषयमा अध्ययन गरेर आवश्यक प्रतिवेदन पेश गर्न प्रमुख सचिवको अध्यक्षतामा समिति बनाइएको बताउनुभयो । उहाँले केही दिनमा नै जनतालाई अनुभूति गर्ने गरि कामकाज अगाडी बढाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्