तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा लागु औषध खैरो हिरोइनसहित पाँच जना पक्राउ 

बैतडी। बैतडीमा लागु औषध खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन्। 

जिल्लाको पाटन नगरपालिका वडा न-६ मा रहेको एसकेएनएस निर्माण सेवाको कार्यालयबाट सोही ठाउँका २१ वर्षीय हेमन्त बिष्ट, २२ वर्षीय कपिल बिष्ट, १८ वर्षीय शसांक चन्द, ३० वर्षीय बिष्णु बिष्ट र २२ वर्षीय सुबास कठायत खैरो हिरोइनसहित पक्राउ परेका हुन् । 

मङ्गलवार करिब अपराह्न करिब ४ बजेको समयमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनीहरूको साथबाट २५० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिनुभयो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button