कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने छ।
बैठकमा पार्टीको महाधिवेशन विवादबारे छलफल जारी छ। नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्नुपर्ने मत राख्दै आएका छन्। तर संस्थापन पक्ष भने नियमित महाधिवेशनकै पक्षमा रहेको छ।








प्रतिक्रिया राख्नुहोस्