तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी राजदूत थम्प्सनको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटका क्रममा उहाँहरुबीच  नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री शर्माले नेपालमा आफ्नो कार्यकालका दौरान दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र सशक्त बनाउन पुर्‍याउनुभएको योगदानका लागि राजदूत थम्प्सनप्रति आभार व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button