प्रधानमन्त्री सुशीला कार्कीसमक्ष अमेरिकी राजदूत थम्प्सनको बिदाइ भेट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदूत थम्प्सनबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्