तपाईँ सुन्दै हुनुहुन्छः

साँखु सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एक महिने माधवनारायण मेला सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । 

माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिनुभयो ।

मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।

मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेष गरी शनिवार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button