तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईँ पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो । 

दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्दर्भमा सहमति भएको उहाँको भनाइ छ । “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरूको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरूको मागबारे  केस्रा केस्रा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईँले अभियानको मागप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button