श्रीमती हत्याको आरोपमा श्रीमान् पूर्पक्षका लागि थुनामा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ घर भएकी रोशनी झा हत्याको अनुसन्धानको क्रममा पक्राउ परेका ४ जना मध्ये ३ जनालाई धनुषा जिल्ला अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको छ ।
जिल्ला अदालतको इजलास नंं १ का न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले अनुसन्धानको क्रममा पक्राउ परेका मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्रलाई पूर्व पक्षका लागि थुनामा पठाएको छ भने नातामा पर्ने डा. धिरज झालाई १ लाख धरौटी लिएर छाड्ने आदेश भएको हो ।
यसै गरि प्रहरीले किटानी जाहेरीको आधारमा अनुसन्धानका लागि मङ्सिर २३ गते पक्राउ गरेका प्रशान्त मिश्रका भिनाजु सच्चिन झा र भान्जा वर्ष १४ का प्रतीक झालाई साधारण तारेखमा छाड्नका लागि अदालतले आदेश दिइएको धनुषा जिल्ला अदालतले जनाएको छ ।
गत मङ्सिर १२ गते बिहीबारका दिन रोशनी झाको शङ्कास्पद मृत्युलाई लिएर माइती पक्षले हत्या भन्दै विभिन्न चरणको आन्दोलन गरेपछि प्रहरीले अनुसन्धान बढाउनुका साथै पिडित पक्षको जाहेरीको आधारमा चार जनालाई अनुसन्धानका लागि पक्राउ गरेका थिए ।
माइती पक्षले जिल्ला प्रकरी कार्यालय अगाडी, जनक चोक तथा धनुषा जिल्ला अदालत अगाडी पनि रोशनीलाई न्याय देऊँ भन्दै धर्ना तथा प्रदर्शन गरेका थिए । रोशनी हत्या काण्डमा पक्राउ परेका मध्ये प्रतीक झा १५ वर्षका रहेकाले वाल इजलासमा मुद्दाको सुनुवाई भएका थिए ।
उता पूर्व पक्षका लागि थुनामा गएका रोशनीका श्रीमान् प्रशान्त मिश्र मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा शाखा अधिकृत पदमा कार्यरत रहेका छन् । दाइजोका कारणले पटक पटक विवाद हुने गरेको पिडित रोशनीका माइती पक्षले दाबी गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्