राष्ट्रिय सभा सदस्य निर्वाचन : धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनगढी । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि आज धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यालयको जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत पुस २३ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम रहेको छ । यस्तै, माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशबाट महिला र खुला (अन्य) गरि दुई पदका लागि निर्वाचन हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य र ८८ वटा पालिका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्